झापा, जेठ २७ । बैंकिङ कसुर मुद्दामा फरार कन्काई ५ का ४० वर्षीय विष्णुकुमार पाँचकोटी दर्जी पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको झापा प्रहरीले जनाएको छ ।

झापा जिल्ला अदालतको गत चैत १४ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा उनलाई एक महिना कैद , १६ लाख जरिवाना र पीडित राहत कोषमा ६४ हजार रुपैयाँ तिर्नुपर्ने सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्