झापा, जेठ २८ । गएराति दमक नगरपालिका वडा नं.३ को मावा पुलस्थित दमक– मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

राति १०.५० बजेको समयमा दमक ३को मावा पुलस्थित दमक– मिक्लाजुङ कच्ची सडकखण्डमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.१ स्थायी ठेगाना भई दमक नगरपालिका वडा नं.५ मा डेरा गरी बस्ने २२ वर्षीय सगुन राई गंभीर घाइते भएका थिए । टाउको, अनुहार र घुँडामा चोट लागेर उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएकोमा राति ११.३५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालमा रहेको र मोटरसाइकल प्रहरी चौकी बाघखोरले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्