झापा, जेठ २८ । गायक राजनराज शिवाकोटी र गायिका सदिच्छा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको सङ्गीत छ ।

आफ्ना सिर्जनामा मौलिक सङ्गीतलाई महत्त्व दिने राजनराजले ‘खुर्सानीलाई बियाँ’मा पनि त्यही कार्यलाई निरन्तरता दिएका छन् । प्रसन्न पौडेल र प्रचण्ड पौडेल निर्देशित भिडियोमा यसराज गराच, सामारिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ । भिडियोमा ग्रामीण सौन्दर्य र आधुनिक मानसिकताका फ्युजन गरिएको छ ।

प्रकाश हमाल निर्माता रहेको भिडियोमा युमी बलामीको कोरियोग्राफी, राजुजङ्ग बस्नेतको सम्पादन, कुनालको कलर ग्रेडिङ र निशान पौडेलको छायाङ्कन छ । गीतको भिडियो भेल्भेट भाइब्स इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण गरिएको हो ।

गायक तथा सङ्गीतकार राजनराजको ‘सुर्के थैली खै’, ‘कुटुमा कुटु’, ‘फुलबुट्टे सारी’, ‘चेप्टे चेप्टे पेरुङ्गो’, ‘चरीले काफल टिप्यो’लगायतका गीत सर्वाधिक रुचाइएका गीतमा पर्छन् ।

त्यस्तै, सदिच्छाका गीत ‘माया रैछ र त भर रैछ नि’, ‘राजा रानी’, ‘चोरी चोरी’, ‘फर्की फर्की’ जस्ता हिट गीतमा पर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्