झापा,जेठ ३० । भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् ।
मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ साँझमा बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
विशालविरुद्ध ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्