झापा,जेठ ३१ । कुवेतमा एक बहुतले भवनमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । त्यसमध्ये मृत्यु हुने ४० भन्दा बढी भारतीय नागरिक रहेका छन् ।

भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मृत्यु हुने अधिकांश भारतीय नागरिक भएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । आगलागी भएको भवनबाट हाम्फालेर ज्यान जोगाएका सिरहाका शिवशंकर पासवान र झापाका दोर्जे लामा पनि छन् । हाल उनीहरु स्थानीय आदान अस्पतालमा उपचाररत छन् । हाम्फालेर भाग्दा घाइते भएकामध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमा शिवगञ्ज झापाका दोर्जे लामा, सिरहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् ।
लामा, मण्डल र पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोटी र जाकिरलाई अस्पतालमा भर्ना गरिएको छैन ।

घटना भएका बेला सो भवनमा १६० जना मजदुर रहेका थिए । सबैजना एउटै कम्पनीमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्