बिर्तामोड , जेठ ३२ । बिर्तामोडका समाजसेवी एवं राजनीतिकर्मी मोहनकुमार प्रसाईको निधन भएको छ ।

बिर्तामोड १० विराटपोखर स्थायी ठेगाना भएका प्रसाईको हिजो साँझ ७.३५ बजे ८० वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । प्रसाई परिवार विगत १० वर्षदेखि काठमाडौंको हात्तीवनमा बस्दै आएका छन् । प्रसाई महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन् । उनी पञ्चायती व्यवस्थामा अनारमनी गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए भने बहुदल आएपछि भएको निर्वाचनमा उनले अनारमनी गाउँ विकास समितिको अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यस्तै साझा संस्थाको अध्यक्ष भएर चलाएका थिए ।

प्रसाईको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उनका श्रीमती तिलरुपा , छोरीहरु विनिता , सुनिता , मेनुका , दिर्घकुमारी , सीता तथा छोराहरु नवीन र रमेश प्रसाई रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्