झापा,जेठ ३२ । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०२० बाट सुरु गरेको ‘गोल्डेन भिसा’ पाउने दोस्रो नेपाली इटहरी निवासी सुमन फुयाल बनेका छन् । यो भिसा सर्वसाधारण नागरिकले पाउन असम्भवजस्तै नै छ । यसअघि एक नेपालीले यो भिसा प्राप्त गरेका थिए । उनी यूएईमै कार्यरत व्यक्ति थिए ।

हालै गोल्डेन भिसा प्राप्त गर्न सफल सुमनले भने नेपालबाटै दुई महिनाअघि अनलाइनमार्फत् आवेदन दिएका थिए । नेपालबाट आवेदन दिएर यो भिसा प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् ।

यो भिसा ‘असाधारण प्रतिभा’ भएका यूएईका स्वदेशी तथा विदेशी नागरिकले स्थायी बसोबासको व्यवस्थासहित १० वर्षका लागि नवीकरण गर्ने सुविधासहित प्राप्त गर्न सक्छन् । गोल्डेन भिसाअन्तर्गत डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता प्रतिभावान् व्यक्तिलाई प्राथमिकता दिइन्छ । सुमन फुयाल आईटी एक्स्पर्ट हुन् । उनले यूएई पुगेर गोल्डेन भिसा लिइसकेका छन् ।

सुनसरीको इटहरीमै रहेर करिब १० वर्षदेखि निरन्तर लागिपरेर आफ्नो आईटी करियरलाई अन्तर्राष्ट्रियकरण गरेका उनी चर्चित अनलाइन प्लाटफर्म ‘विक्स’को पार्टनरसमेत हुन् । नेपालबाट उनी यसका लागि एक मात्र पार्टनर हुन् । यस्तै उनले आईटी क्षेत्रबाटै वल्र्ड रेकर्डसमेत राखेका छन् । उनले गुगल, माइक्रोसफ्टलगायत १८ अन्य प्लाटफर्मबाट सर्टिफिकेटसमेत प्राप्त गरिसकेका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्