बिर्तामोड , असार २ । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथीभरा होटल एण्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् ।

इलाम सूर्योदय नगरपालिका वडा नं ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अबस्थामा फेला परेका हुन् । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि सो होटलमा बसेका थिए ।

होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि हिजो बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । शेर्पाले केही दिन अगाडि नै झुन्डिएको हुनसक्ने आशंका गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोस्टमार्टम पठाउने तयारी गरिएको डीएसपी विष्टले जानकारी दिए । मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्