कनकाई, असार २ । झापा कनकाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दीर्घबहादुर थापाको निधन भएको छ ।

६६ वर्षको उमेरमा आइतबार बिहान १ः५० बजे उनको निधन भएको हो ।थापा लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित थिए ।

थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा बिदा दिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । थापाको पार्थिव शरीरलाई आइतबार बिहान १ घण्टा वडा कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको नगरप्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्