झापा , असार ३ । भारत पश्चिम बंगालको न्यू जलपाईगुडी नजिक भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । सियालदह जाँदै गरेको कंचनजंघा एक्सप्रेसलाई न्यू जलपाईगुडी नजिक अर्को मालगाडी रेलले ठक्कर दिएको थियो । सो दुर्घटना आज बिहान सवा ९ बजे भएको हो । रेलमन्त्री अश्विनी वैष्णव घटनास्थलतर्फ रवाना भएकी छन् । दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्