झापा, असार ४ । अविरल वर्षाका कारण बिरीङ खोलाको बाढी पस्दा झापा गाउँपालिकाका चार परिवार बिस्थापित भएका छन् ।

बिरीङ खोलाको पानी पसी अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नं. ६ युवाटोल बस्ने दिपक आचार्य ,सिता दुलाल , प्रदिप सिंह र नविन बराइलीको परिवार बिस्थापित बनेका हुन् । ती परिवार विस्थापित भई सोही ठाउँ बस्ने केदार श्रेष्ठको खाली घरमा बसेको प्रहरी चौकी शरणामतिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्