झापा,असार ५ । चौबीस घण्टा बितिसक्दा पनि झापाको सदरमुकाममा विद्युत आपूर्ति हुन सकेको छैन ।

त्यहाँ विद्युत् अबरुद्ध भएको २७ घण्टा भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत भद्रपुर, हल्दिवारी र कचनकवल गरी तीन पालिकाको विद्युत् सेवा अवरुद्ध भएको २४ घण्टाभन्दा बढी भएको हो । सोमबार राति अविरल वर्षासँगै परेको चट्याङले अनारमनी सबस्टेशनबाट आउने ३३ केभी प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

बिर्तामोडदेखि भद्रपुर आउने ३३ केभी प्रसारण लाइनमा चट्याङले विभिन्न स्थानमा क्षति पुर्याएको भद्रपुर वितरण केन्द्र प्रमुख राजमणि बजगाईँले जानकारी दिए । विद्युत् नहुँदा धेरै समस्या परेकाले छिटो सेवा सुचारु गर्न चन्द्रगढीका शालिकराम भट्टराईले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्