झापा,असार ५ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैलाई गोली चलाएका छन्।
संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली चलाएका हुन् । उनको घटनास्थलमै मृत्यु भएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए ।
उनी बिहान ८ः१५ बजे शौचालया मृत भेटिएको एसपी अधिकारीले जानकारी दिए।
मृतक गोले दोलखाको मेलुङ गाउँपालिका–४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।
सुरक्षाकर्मीको मृत्यु भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्