झापा, असार ५ ।इलामको फाकफोकथुम गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६६ बर्षीय कुलबहादुर बिश्वकर्मा रहेका छन् । मंगलवार बिहान ९ बजे पानी परिरहेको बेला छाता ओढेर गाउँतर्फ जाँदै गरेको अबस्थामा बाटोमा छाताले बिद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

मृतकको शवलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाइएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्