भद्रपुर, असार ५ । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा अधिकांश आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेका छन् ।

नगर क्षेत्रमा पूर्वाधार विकासअन्तर्गत संघीय सरकार, प्रदेश सरकार र नगर सरकारको लगानीमा दर्जनौँ आयोजनाका कामहरू निर्माणाधीन अवस्थामा छन् । यी कामको गुणस्तर कायम राख्न प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिले इमानदारिता देखाउन नसकेपछि ठेकेदारमैत्री काम भइरहेका हुन् ।

अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली खटाएर आयोजनाका काम गर्ने गरी सरकारले लगानी गरेको हुन्छ तर, प्राविधिक कर्मचारी ठेकेदारको इसारामा कमिशनको आडमा अलमलिँदा कमसल सामग्री प्रयोग गरी ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्ने गरेका छन् । जनप्रतिनिधिहरू पनि कुनै न कुनै रूपमा ठेकेदारको संरक्षणमा रहने गरेका छन् । निर्माणाधीन आयोजनामा बढी जनगुनासा आए चर्चाका लागि कामको अनुगमन पनि गरेझैैं गर्छन् तर, ठेकेदारमाथि कारवाही गर्न हिम्मत गर्दैनन् । दुई आर्थिक वर्षको मात्र तुलना गर्ने हो भने भद्रपुर नगरपालिका क्षेत्रमा निर्माण सम्पन्न भएका या निर्माणाधीन अवस्थामा रहेका अधिकांश भौतिक पूर्वाधारका संरचनाको गुणस्तरीयतामाथि प्रश्न उठ्ने अवस्था छ । नगर सरकारको एकल लगानीमा निर्माण तथा मर्मत भएका दर्जनौ सडक, ढल लगायत मात्र हेर्ने हो भने यहाँ कार्यरत प्राविधिक किन राखिएको हो ? भन्ने प्रश्न उब्जने गर्दछ ।

नगरपालिका क्षेत्रमा मर्मत गरिएका भनिएका दर्जन बढी सडकमा पोतिएका कालोपत्रे समेत वर्षाद शुरू भएपछि एकाएक हराउन थालेको दृष्यले सडक मर्मतका काम पनि मिलिखाने प्रवृत्ति बन्दै गएको संकेत पाइएको छ । करोड हाराहारी खर्च गरेर टालटुल गरिएका अधिकांश सडकमा पोतिएको कालोपत्रे नामोनिशानविहीन बन्न थालेपछि मिलिभगत प्रवृत्ति प्रष्टिएको छ । बैशाख अन्तिम साताबाट धमाधम गरिएका अधिकांश कालोपत्रे सडकमा पानी जम्ने, भत्कने क्रम देखिन थालेको छ भने

नगरको बजार प्रवेश गर्ने मूल सडकको कालोपत्रे मापदण्डविपरित भएको प्रमाण ठाउँ ठाउँमा वेश ग्राभेलको सट्टा ढुंगाले पुरेको देखिन थालेको छ । जनता चौक हुँदै मूल वजार हुँदै भन्सार प्रवेश गर्ने सडकको कालोपत्रे जलप मात्र लगाइएकोले वेश ग्राभेलको सट्टा ढुंगा देखिने अवस्था आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्