झापा,असार ५ । अधुवा खोलाको सरसफाईमा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई आफै खटिएपछि त्यसको चौतर्फी प्रशंसा भइरहेको छ ।

अविरल वर्षासंगै अधुवा खोलामा पानीको सतह बढ्न थालेपछि खोलाको सरसफाईमा वडाध्यक्ष प्रसाई आफैं खटिएका थिए । उनी बुधबार बिहानैबाट आफ्नो क्षेत्र भएर बग्ने खोलाको सरसफाईमा जुटेका थिए । उनलाई स्थानीयले पनि साथ दिएका थिए । कतिपयले त्यसलाई स्टन्टबाजी पनि भनेका थिए । तर, वडाध्यक्ष प्रसाईले सस्तो लोकप्रियता कमाउन नभई समस्या देखेर आफू पनि खटिएको प्रतिक्रिया दिएका छन् ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पनि वडाध्यक्ष प्रसाई भाईरल हुन,स्टन्टबाजी गर्न नभएर वडा र नगर बनाउन लागिपरेका , जिम्मेवारी बुझेका जनप्रतिनिधि भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्