झापा, असार ६ । दमकको रतुवा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ८ बजेको समयमा दमक नगरपालिका वडा नं.७ स्थित रतुवा पुल छेउमा दमक नगरपालिका वडा नं.१ सरस्वती टोल बस्ने ५३ वर्षीय मोहन रामदाम (बि.क.)को शव फेला परेको हो । उनका आफन्त घटनास्थलमा आइसकेको प्रहरीले जनाएको छ । रामदामलाई रतुवा खोलाले बगाई ल्याईरहेको अवस्थामा स्थानीयले देखेर तत्काल खोलाबाट बाहिर किनारमा निकाली हेर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकमा खवर प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि टोली खटिएको सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।