झापा, असार ६ । झापाका दुईजना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेका छन् ।

सदस्यता त्याग्नेमा एकजना नेपाल शिक्षक संघका र अर्का नेपाल शिक्षक संगठनका रहेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार ग्रहणपछि शिक्षकलाई दलको सदस्यता त्याग गर्न निर्देशन दिएकी थिईन् । त्यसपछि जिल्लाका दुईजना शिक्षकले पद त्यागेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले बताए ।

इकाईले पनि पटक पटक पत्र पठाएर राजनीतिक दलको सदस्यता त्याग्न आग्रह गरेको उनले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्