झापा,असार ७ । मनसुन सक्रिय भएसँगै झापा जिल्लामा धान रोपाइँ सुरु भएको छ ।

असार ३ गतेबाट जिल्लामा रोपाइँ शुरु भएको हो । झापामा कृषियोग्य जमिनमध्ये ७५ हजार ४५९ हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।उनले शुक्रवारसम्म ४ प्रतिशत रोपाइँ भएको जानकारी दिए । जिल्लामा साउनको पहिलो हप्तासम्ममा धान रोपाइँ सकिने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्