भद्रपुर, असार ७ । भद्रपुरमा शल्यक्रियासहितको तीनदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सरिया परिवारको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको हो ।

भद्रपुर ५ देवीवस्तीस्थित भद्रपुर आँखा उपचार केन्द्रमा शुक्रवार सम्पन्न शिविरमा ८ सय ५० जनाले सेवा लिएका छन् ।
शविरको पहिलो दिन ३२ , दोस्रो दिन ४२ र अन्तिम तथा तेस्रो दिन ४२ जना गरी जम्मा १ सय १६ जना मोतियाविन्दु र जलविन्दुका समस्या भएका विरामीहरुको निःशुल्क अप्रेशन गरिएको मेची आँखा अस्पतालकी कविता कार्कीले जानकारी दिइन् । शिविरबाट अति विपन्न, दलित तथा पछाडि परेका समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको कार्कीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्