झापा, असार ८ । मेचीनगर नगरपालिका वडा नम्वर–१५ लालझोडास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गंभीर घाइते भएका छन् ।

आज बिहान अन्दाजी ३ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकलमा तीनजना सवार रहेका थिए । दुर्घटनामा मेचीनगर नगरपालिका –१० बस्ने अन्दाजी २२ वर्षीय राजिब दनुवारको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा बिहान ५ः४० बजे राजिब दनुवारलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै मेचीनगर नगरपालिका –१० बस्ने अन्दाजी २१ वर्षीय अभिषेक राई र सोही ठाउँ बस्ने अन्दाजी २१ वर्षीय विवेक दनुवार गंभीर घाइते भएका छन् । दुवैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्