झापा,असार ९ । पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने इन्द्रावती खोलाले बगाउँदा एक भारतीय मजदुरको मृत्यु भएको छ ।

पाँचथरको याङवरक गाउँपालिका ३ ओयाममा निर्माणाधीन इङवा हाइड्रो पावर कम्पनीमा कार्यरत भारत घर भएका करिब ४० वर्षीय बैकुण्ठ बिहारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीका अनुसार उनी इङवा हाइड्रो प्रालिमा मिक्चर चलाउँदै आएका थिए । याङवरक ३ ओयामको ढुंगेलीमा पिसाब फेर्न गएका उनी खुट्टा चिप्लेर इन्द्रावती खोलाको भँगालोमा फसेका थिए ।

त्यसपछि बेपत्ता भएका उनलाई ताप्लेजुङको सिदिङवा ३ स्थित इन्द्रावती खोलाको किनारमा मृत अवस्थामा फेला पारेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्