बिर्तामोड,असार ९ । राष्ट्रिय मानवअधिकार संगठन झापाको नयाँ समिति गठन भएको छ ।

संगठनको हिजो बिर्तामोडमा सम्पन्न सातौं जिल्ला अधिवेशनले तोयानाथ काफ्लेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । जसको उपाध्यक्षहरुमा सरस्वती भुर्तेल खनाल , भवानीप्रसाद लुइटेल र धर्मानन्द सिटौला , सचिव दिनेश आचार्य , उपसचिव पदम कुँवर र कोषाध्यक्षमा चन्द्रविनोद कोइराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रा पौडेल ,लक्ष्मीप्रसाद मैनाली , विष्णुप्रसाद चुँडाल र नरेन्द्र खवास रहेका छन् ।

संगठनका कार्यवाहक अध्यक्ष गोपिकृष्ण भट्टराईको अध्यक्षता तथा संगठनका केन्द्रीय उपाध्यक्ष रुपक खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मानव अधिकार रक्षक परिषदका कोशी प्रदेश संयोजक विष्णु खरेल , पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी , नारी संचार गृहकी रेजना रोदनलगायतले शुभकामना मन्तव्य राखेका थिए । सरस्वती भुर्तेल खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन तोयानाथ काफ्लेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्