बिर्तामोड, असार १० । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ का लागि १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट ल्याउने भएको छ ।

आज दिउँसो १ बजे हुने बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आगामी आर्थिक वर्षको बजेट तथा नगर प्रमुख पवित्रा महतारा प्रसाईले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट घटेको हो । चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड ९५ लाख५० हजार रुपैयाँको बजेट रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्