लक्ष्मी उप्रेती,
मेचीनगर । मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८१ को लागि २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । यो बजेट मेचीनगर नगरपालिकाको अहिलेसम्मकै ठूलो आकारको बजेट हो ।

सोमबार मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको पाँचौं अधिवेशनको प्रथम बैठकमा उपप्रमुख एवम् बजेट तर्जुमा समितिका संयोजक मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि कुल २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । चालु खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार, पुँजीगततर्फ १ अर्ब ३१ करोड ७ लाख ८ हजार वित्तीय व्यवस्थापनतर्फ २५ लाख गरी कुल २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । नगरस्तरीय चालु खर्चतर्फ २५ करोड १२ लाख ५० हजार, पुँजीगत खर्च ३५ करोड ५६ लाख ८ हजार गरी कुल ६० करोड ६८ लाख ५८ हजार, वडास्तरीय चालु खर्च ७५ लाख, पुँजीगत खर्च १२ करोड ७५ लाख गरी कुल १३ करोड ५० लाख , संघबाट वित्तीय हस्तान्तरणमार्फत बिषयगत सशर्त अनुदान ४७ करोड २८ लाख, पुँजीगत खर्चतर्फ ७८ करोड ६ लाख गरी कुल १ अर्ब २५ करोड ३४ लाख, प्रदेशबाट वित्तीय हस्तान्तरणमार्फत बिषयगत सशर्त अनुदान चालु खर्चतर्फ ८१ लाख४४ हजार, पुँजीगततर्फ २ करोड ७० लाख गरी कुल ३ करोड ५१ लाख ४४ हजार, ऋणको साँवा ब्याज भुक्तानी वित्तीय व्यवस्थापनतर्फ २५ लाख र समपुरक पुँजीगततर्फ २ करोड रुपैयाँको उपप्रमुख उप्रेतीले सभामा प्रस्ताव गरेकी छन् ।

आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ९५ हजार रुपैयाँ, सशर्त चालु अनुदानतर्फ ४७ करोड २८ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ ७५ करोड ५६ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १७ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको बजेटमा उल्लेख छ ।
यसैगरी, आयतर्फ कोशी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड ६३ लाख रुपैयाँ, सशर्त चालु अनुदानतर्फ ८१ लाख ४४ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेसनबाट ११ करोड रुपैयाँ प्राप्त हुने बजेटमा जनाइएको छ ।
कूल बजेटमध्ये चालु खर्चमा ३६ दशमलव ०३ प्रतिशत, पुँजीगत खर्चमा ६३ दशमलव ८५ प्रतिशत र वित्तीय व्यवस्थानमा शुन्य दशमलव १२ प्रतिशत बजेट बिनियोजन गरिएको पाइएको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन दिनेगरी आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक विकाससम्बन्धी नीतिअन्तर्गत कृषि विकासतर्फ खेतीयोग्य जमिनमा १२ महिना सिंचाई सुविधा पुर्याउन अभियानकै रुपमा डिप वोरिङ, सोलार पम्प, कुलो मर्मत तथा निर्माण, वाटर लिफ्टिङ्ग स्प्रिङ्कल सिंचाई योजना र बर्षाको पानी संकलन गर्ने, पोखरी निर्माण आदिको माध्यमबाट सिंचाई सुविधाको व्यवस्थापन गरी सिंचाईका पूर्वाधारहरु मर्मत तथा पुनः निर्माण गरी आवश्यकता अनुसार नयाँ कुलो पैनी निर्माण गर्ने नीति लिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्