झापा,असार ११ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो १ः४५ बजेको समयमा कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३० का उद्धव भट्टराई र दमक नगरपालिका वडा नं. ५ बस्ने बर्ष २६ का इन्द्रप्रसाद तिम्सिनालाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा भट्टराईले लगाएको जुत्ताभित्र लुकाई छिपाई राखेको ६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्