झापा, असार ११ । कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका ३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा मदरगाछीबाट सुरुङ्गा आउँदै गरेको प्र.१–०१–००१ह. ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई ३ सुरुङ्गा बस्ने ६० वर्षीय ओमप्रकाश भेट्वाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई घाईते बनाएको थियो ।

घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा आज बिहान ११.३० बजेको मृत्यु भएको हो ।अटो र चालक कन्काई ५ मदरगाछी बस्ने ४२ वर्षीय टिकाराम उप्रेतीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्