झापा,असार १३ । झापाको हुलाकी सडकखण्डअन्तर्गत बिरिङ पुलको पूर्व र पश्चिमपट्टीको भाग अविरल वर्षाका कारण भत्किएको छ ।

पुलको पूर्वतर्फको भाग बाह्रदशी गाउँपालिकामा र पश्चिमी भाग झापा गाउँपालिकामा पर्छ । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आज सडक मर्मत गर्ने बताएकी छिन् । त्यसैगरी सडकको विषयलाई लिएर हुलाकी सडकको कार्यालय ईटहरीमा सम्पर्क गर्दा मर्मतका लागि छिटै नै कर्मचारी पठाउने भनेर जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्