बिर्तामोड, असार १४ । बिर्तामोड नगर प्रमख पवित्रा महतारा प्रसाईले वडा नम्बर ५ स्थित कनकाई रोडको अनुगमन गरेकी छन् ।

ईलाम स्टेन्डदेखि सुब्बा चोकसम्मको सडकखण्डमा आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भइरहेकोले नगर प्रमुख प्रसाईले हिजो ईन्जिनियरसहितको टोली लिएर अनुगमन गरेकी हुन् । अनुगमनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष रोहित प्रसाईलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो । आगामी १० दिनभित्रमा सम्पन्न गर्ने गरी २ खण्डमा काम धमाधम भइरहेको छ ।

ईलाम स्टेन्डदेखि नेपाल टेलिकमसम्मको १ सय ८५ मिटर कनकाई निर्माण सेवा र टेलिकमदेखि सुब्बा चोकसम्म ४ सय ६ मिटर आचार्य निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेका छन् । सडक ७ मिटर चौडाईको रहेको छ । दुवै खण्डमा नाला निर्माण सकेर पेवर्स लगाउने काम सुरु भएकोले चाँडै काम सम्पन्न हुने वडाध्यक्ष रोहित प्रसाईले बताए ।

सघन शहरी तथा भवन निर्माण कार्यालय भद्रपुरबाट कनकाई निर्माण सेवाले ८० लाख र आचार्य निर्माण सेवाले १ करोड ५० लाख रुपैयाँमा कामको ठेक्का लिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्