झापा, असार १४ । झापाको भद्रपुर नगरपालिका वडा नं २ डिगाउँमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ ।


आज दिउँसो ३ः३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. २ डिगाउँमा सोही ठाउँ बस्ने ७० वर्षीया गौरीमाया तामाङलाई स्थानीय अन्दाजी बर्ष ३५–४० का राजेश तामाङले धारिलो हरियार सिक्कल प्रहार गरी हत्या गरेका हुन् । गौरीमायाकै घरमा गई राजेशले धारिलो हरियार प्रहार गरेका थिए । उनले सिक्कलले घाँटीको दाहिने भागमा प्रहार गर्दा गौरीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गर्ने राजेशलाई खेतवारीमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय पृथ्वीनगरले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने कार्य भईरहेको छ । घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली खटिएको जनाइएको छ ।हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्