झापा,असार १४ ।झापा कचनकवलका पाँचवटा विद्यालयको एसईई नतिजा शून्य आएको छ ।

लक्ष्मी माध्यमिक विद्यालय , बुद्ध माध्यमिक विद्यालय , मोती माध्यमिक विद्यालय, शिव माध्यमिक विद्यालय र जानकी माध्यमिक विद्यालयको नतिजा शून्य आएको हो । लक्ष्मी माध्यमिक विद्यालयबाट ९६,बुद्ध माध्यमिक विद्यालयबाट ११, शिव माध्यमिक विद्यालयबाट १३, जानकी माध्यमिक विद्यालयबाट ७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यस्तै मोती माध्यमिक विद्यालयबाट साधारण धारमा ३८ जना सहभागी भएकोमा सबैजना अनुत्तीर्ण भएका छन् । प्राविधिक धारमा भने १७ जना सहभागीमध्ये मात्र २ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै महेन्द्ररत्न माध्यमिक विद्यालयबाट २८ जना सहभागीमध्ये एकजना उत्तीर्ण ,लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयबाट ११५ जना सहभागीमध्ये १३ जना उत्तीर्ण , पथरिया माध्यमिक विद्यालयबाट ५५ जना सहभागीमध्ये १८ जना उत्तीर्ण ,जनता माध्यमिक विद्यालयबाट ३३ जना सहभागीमध्ये २२ उत्तीर्ण भएका छन् । त्यस्तै संस्थागततर्फ विद्यापाणी माध्यमिक विद्यालयबाट ३७ जना सहभागीमध्ये २२ जना उत्तीर्ण ,स्वर्णिम शिक्षा सदनबाट २० जना सहभागीमध्ये ९ जना उत्तीर्ण ,विद्यानिकेतन माध्यमिक विद्यालयबाट ३७ जना सहभागीमध्ये २४ जना उत्तीर्ण ,कचनकवल विद्या मन्दिरबाट २४ जना सहभागीमध्ये १८ उत्तीर्ण ,गोल्डेन फ्युचर माध्यमिक विद्यालयबाट १२ जना सहभागीमध्ये ९ उत्तीर्ण र साउथदिप माध्यमिक विद्यालयबाट १० जना सहभागीमध्ये १० जना नै उत्तीर्ण भएका छन् ।

कचनकवलका १५ वटा विद्यालयबाट जम्मा ५५३ विद्यार्थीले परीक्षा दिएकोमा १४८ जना उत्तीर्ण भएका छन्। कचनकवल गाउँपालिकाभित्र ९ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालय माध्यमिक तहसम्म सञ्चालित छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्