झापा, असार १४ । झापाको दमकमा सिटीसफारीको ठक्करबाट छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।

आज दिउँसो १.४५ बजेको समयमा दमक नगरपालिका वडा नम्बर १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदलयात्री काठमाडौ घर भई हाल दमक नगरपालिका वडा न.१मा डेरा गरी बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनका छोरी २ वर्षीया आरुसी मगरलाई ठक्कर दिएको थियो । दुवैलाई उपचारको लागि दमकको लाईफलाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजे आरुसी मगरको मृत्यु भएको हो । हात खुट्टामा सामान्य चोट लागेकी शर्मिला लिम्बूको उपचार भइरहेको छ ।

बालिकाको शव सोही अस्पतालमा रहेको छ । नाम, थर, वतन नखुलेका सिटी चालक फरार रहेकाले खोजतलास भइरहेको र सिटी सफारी इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक बालिकाका बुवा अजय मगर बारा जिल्ला ४० नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी जवान भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्