झापा, असार १४ । भद्रपुरका दुईवटा विद्यालयको एसईईमा उत्तीर्ण दर शून्य आएको छ ।

३० वटा माध्यमिक विद्यालय रहेको भद्रपुरमा एसईई परीक्षामा २८ वटा विद्यालयले सहभागिता जनाएकोमा २ वटा विद्यालयको उत्तीर्ण दर शून्य आएको हो । उत्तीर्ण दर शून्य ल्याउने दुवै संस्थागत विद्यालय हुन् । भद्रपुर ६ को मोर्डन अंग्रेजी माध्यमिक विद्यालय र भद्रपुर १० मा रहेको सेन्ट कुजुर एकेडेमीको उत्तीर्ण दर ०.०० प्रतिशत रहेको छ ।
अन्य विद्यालयले न्यूनतम १.६४ प्रतिशतदेखि अधिकतम ९०.९१ प्रतिशतसम्म उत्तीर्ण गराएको पाइन्छ ।

उत्तीर्ण प्रतिशतमा सामुदायिकभन्दा संस्थागत विद्यालय नै अब्बल देखिएको भद्रपुरमा ९०.९१ प्रतिशत उत्तीर्ण दर प्राप्त गर्दै भद्रपुर २ को ज्ञान सरोवार निकेतन प्रथम, ६८.५२ प्रतिशतसहित भद्रपुर ७ को एमरेल्ड एकाडेमी द्वितीय, ६६.६७ प्रतिशतका साथ मोरान मेमोरियल र कृष्ण द्वैपायन गुरूकुलले तेस्रो स्थान लिएको नतिजाले देखाएको छ । उत्तीर्ण दर १.६४ प्रतिशत कायम राख्दै भद्रपुर मावि अन्तिम स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्