झापा, असार १५ । झापाका अन्य पालिकासंगै बाह्रदशीको पनि एउटा विद्यालयको एसईई परीक्षाको नतिजा शून्य आएको छ ।

बाह्रदशी ४ को जनविकास माध्यमिक विद्यालयको नतिजा शून्य आएको हो । त्यस विद्यालयबाट २१ जनाले परीक्षा दिएका थिए । त्यस्तै बाह्रदशी १ स्थित अमृत माविको उत्तीर्ण दर शून्य रहेको छ । सो विद्यालयका तर्फबाट ७० जनाले एसईई दिएकोमा मात्र एकजना उत्तीर्ण भएका छन् । त्यस्तै पंचमणि माविमा पनि एकजना मात्र उत्तीर्ण भएका छन् । त्यस विद्यालयबाट १९ जनाले परीक्षा दिएका थिए ।

त्यस्तै अन्य सामुदायिक विद्यालयमा पशुपति माविका १२३ सहभागीमध्ये ४२ जना उत्तीर्ण , फूलवारी माविका २७ जना सहभागीमध्ये ४ जना उत्तीर्ण , गौरीशंकर माविका ६० जना सहभागीमध्ये १९ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै संस्थागत विद्यालयतर्फ कंचनगढ एजुकेसन फाउन्डेसनका १३ जना सहभागीमध्ये १० जना उत्तीर्ण , मिनी माउन्टेन इङ्गिलस स्कुलका ११ जना सहभागीमध्ये ११जना नै उत्तीर्ण , दिपजन अंग्रेजी माविका ५५ जना सहभागीमध्ये ४५ जना उत्तीर्ण , कंचनज्योति अंग्रेजी माविका १८ जना सहभागीमध्ये १४ जना उत्तीर्ण , लिटल स्टार अंग्रेजी माविका ३१ ज्ना सहभागीमध्ये १४ जना उत्तीर्ण , नमुना अंग्रेजी माविका १० जना सहभागीमध्ये २ जना उत्तीर्ण , दिव्यज्योति अंग्रेजी माविका ३० जना सहभागीमध्ये ५ जना उत्तीर्ण र ज्ञानज्योति माविका ७१ जना सहभागीमध्ये ४४ जना उत्तीर्ण भएको बाह्रदशी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

बाह्रदशीका ५६१ जना विद्यार्थीहरुले एसईई दिएकोमा २१२ जना उत्तीर्ण भएका छन् । जुन ३७.७८ प्रतिशत हो । झापाका अन्य पालिकाका धेरै विद्यालयहरुको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाका ४ , झापा गाउँपालिकाका २ तथा हल्दिवारी र शिवसताक्षीका एक–एकवटा विद्यालयको नतिजा शून्य आएको हो । त्यस्तै भद्रपुरका तीनवटा विद्यालयको एसईईमा उत्तीर्ण दर शून्य आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्