भद्रपुर, असार १५। जेष्ठ नागरिक नगर संघ भद्रपुरको दोस्रो नगर अधिवेशनले पुनः हेमप्रसाद खनालको . अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ३ सदस्य पछि मनोनित गर्ने गरी १६ सदस्यीय समिति बनाइएको हो ।

संघको महेशपुरमा शनिवार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा परमानन्द मिश्र, द्वितीय उपाध्यक्षमा शंकर गौतम, सचिवमा ईश्वरीप्रसाद पोखरेल, सहसचिवमा कल्पना पोखरेल र कोषाध्यक्षमा राजन खनाललाई सर्वसम्मत चयन गरेको छ ।
आगामी ३ वर्षे कार्यकालका लागि गठित समितिको सदस्यहरुमा मनप्रसाद कोईराला,भोजकुमारी दर्जी ,धनबहादुर लिम्बू ,टोमानन्द काफ्ले ,गोपाल भुर्तेल हरिकिशोर आचार्य राधादेवी निरौला कुशहरि बन्जरालगायत रहेका छन् ।

अधिवेशनलाई भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका थिए । कार्यक्रममा नगर प्रमुख पोखरेल ,वडा नं ७ का वडा अध्यक्ष अभिशेख ढुंगाना, जयप्रसाद संग्रौला, गंगा वलीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संघलाई सहयोग गर्ने महावीर अग्रवाल, हरिप्रसाद ओली ,जयप्रसाद संग्रौलालगायतलाई सम्मान गरिएको थियो । हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हरिकिशोर आचार्य र शंकरप्रसाद गौतमले संयुक्तरूपमा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्