झापा,असार १६ । भाटभटेनी सुपर मार्केटले थप दुई हजार युवाहरूलाई रोजगारी दिने भएको छ। देशमै युवाहरूलाई रोजगारी दिने उद्देश्यले भाटभटेनी सुपर मार्केटले थप दुई हजार युवाहरूलाई रोजगारी दिने निर्णय गरेको हो। हाल भाटभटेनीमा ६ हजार बढी युवायुवतीहरू राजगारी गरिरहेका छन्।

यो अवसरसँगै युवाहरूले काठमाडौंसहित देशभर रहेका भाटभटेनी सुपर मार्केटका शाखाहरूमा काम गर्ने मौका पाउनेछन्। हाल भाटभटेनी सुपरमा काम गर्नेहरूले ८ घण्टा काम गरेर महिनामा तलब बुझ्दै आएका छन् ।
तर, नयाँ योजनाअनुसार रोजगारदाताहरूले हरेक हप्ताको अन्त्यमा नै सो हप्ताको पारश्रमिक पाउनेछन्।

रोजगारी २१ वर्षभन्दा कम उमेर पुगेका वा कुनै कलेजमा अध्ययन गरिहेका युवायुवतीहरूले मात्र पाउनेछन्। उनीहरूले दिनमा ४ घण्टा र हप्तामा पाँच दिन काम गर्नु पर्नेछ। युवाहरू देशमा रोजगारी नपाएर विदेश पलायन हुन थालेपछि उनीहरूलाई रोक्न यस्तो योजना ल्याएको भाटभटेनी सुपर मार्केट व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्