झापा, असार १७ । झापा गौरादहका दुईवटा विद्यालयले एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएका छन् ।

बैगुनधुरा अंग्रेजी माध्यमिक विद्यालय र इमिनेन्ट कंचनजंघा माध्यमिक विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका हुन् । बैगुनधुरा माविका १८ जना विद्यार्थीले परीक्षा दिएकोमा १८ जना नै उत्तीर्ण भएका छन् । त्यस्तै इमिनेन्ट कंचनजंघा माविका ३० जना विद्यार्थीमध्ये सबैजना उत्तीर्ण भएका छन् । गत वर्षको एसईईमा इमिनेन्ट कंचनजंघा माविका धनबहादुर थापाले ४ जीपीए ल्याएका थिए ।

गौरादहको एउटा संस्थागत विद्यालयबाहेक सबै विद्यालयको नतिजा यस वर्ष राम्रो आएको छ । गोल्डेन सनराइज माविले २४ जनामा २२ , नमूना अंग्रेजी माविले २१ जनामा २० जना , ज्ञानज्योति माविले ३७ जनामा ३६ , विद्योदय अंग्रेजी माविले १९ जनामा १७ , माउन्ट एभरेष्ट माविले ८५ जनामा ८१, एस.आई.आर. मेमोरियल एकाडेमीले १७ जनामा १५ जना उत्तीर्ण गराएका छन् । तर, मकालु अंग्रेजी विद्यालयले १६ जनामा मात्र एकजना विद्यार्थी उत्तीर्ण गराउन सकेको छ । संस्थागत विद्यालयतर्फ २६७ जना विद्यार्थीले एसईई दिएकोमा २४० जना उत्तीर्ण भएका छन् । जुन ८९.८८ प्रतिशत हो ।

त्यस्तै सामुदायिक विद्यालयतर्फ डोरामारी माविले २३ जनामा १३ , भद्रकाली माविले ६६ जनामा ११ , जनता मावि वडा नं ५ ले २८ जनामा ८ , जनता मावि वडा नं १ ले १०१ जनामा २० , मोति माविले ३७ जनामा १७ , स्कुलचौन माविले ९२ जनामा ६७ , प्रगति माविले ९० जनामा ३९ , अमर मावि वडा नं ९ ले ४२ जनामा ८ र अमर मावि वडा नं २ ले ३४ जनामा ८ जनालाई उत्तीर्ण गराएका छन् ।सामुदायिक विद्यालयतर्फ ५७१ जना विद्यार्थीले परीक्षा दिएकोमा १९९ जना अर्थात ३४.८५ प्रतिशत उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्