झापा, असार २० । फलामे रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा फलामे रडले टाउकोमा लागेर एक जना मजदुरको मृत्यु भएको हो ।

उक्त वडास्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर मजदुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगर रहेका छन् ।

पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर उनको टाउकोमा लागेको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्