झापा,असार २० । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।


जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण पनि फैलिँदै गएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्