झापा,असार २० । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो ।

विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध गराउन भनेको हो ।
म्यानपावर व्यवसायीहरूले खाडीका ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।
२०७२ सालमा तत्कालीन श्रममन्त्री टेक बहादुर गुरुङले फ्री भिसा, फ्री टिकटको व्यवस्था गरेका थिए । त्यो बेला व्यवसायीहरूले त्यसरी कामदार पठाउन नसकिने भन्दै विरोध गर्दै आएका थिए । तर, सरकारले उक्त नीतिलाई न कडाइका साथ लागू गर्न सकेको थियो । न त हटाउन सकेको थियो ।

व्यवसायीहरूले हाल उक्त नीति हटाएर एक महिना बराबरको सेवा शुल्क लिन पाउनुपर्ने माग राख्दै आएका छन् । त्यसका श्रम मन्त्रालय कानुन संशोधनको तयारीमा छ । वैदेशिक रोजगार ऐन संशोधनका लागि श्रम मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । भने मन्त्रालयले उक्त नीति पुनरावलोकन गर्दै सेवा शुल्क तोक्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्