झापा, असार २० । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युतका खम्बामा बत्ती जडान गर्ने कार्य सुरुआत गरेएको हो ।

इटहरी–१ स्थित बजार तथा चोकमा सडक बत्ती जडान गरी अभियान थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए। सबै वडालाई उज्यालो बनाउने अभियानअन्तर्गत २० वटै वडामा रहेका विद्युतका खम्बामा बत्ती राख्ने अभियान सुरु गरेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्