झापा, असार २० । प्रतिबन्धित लागूऔषधसहित झापा अर्जुनधाराका तीन युवा पक्राउ परेका छन् ।

हिजो दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका–१ का २१ बर्षिय आकाश बिष्ट, २७ बर्षिय टिकाराम दाहाल र २५ बर्षिय चेतन पुलामी मगरलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

यसैगरी लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका विराटनगर–३ का २१ बर्षिय पदम कार्कीलाई १ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यस्तै सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान–१७ का १८ बर्षिय आशिष राई र २६ बर्षिय अर्जुन सार्कीलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ४० ट्याव्लेटसहित नियन्त्रणमा लिएको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्