लक्ष्मी उप्रेती,

मेचीनगर । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानअन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १५ औँ पदस्थापन कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।

कार्यक्रमसँगै सन् २०२४÷२०२५ को नयाँ नेतृत्वले बिहीवारबाट आफ्नो पदभार ग्रहण गरेको छ । होटल मेची क्राउनको सगरमाथा सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रोटरीका डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचन र सन् २०२४÷२०२५ का लागि अन्तर्राष्ट्रिय रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानअन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष डाक्टर आनन्दराज खनालले सन् २०२४÷२०२५ को रोटरी थिम ‘द म्याजिक अफ रोटरी’ अंकित लोगोसहितको व्यानर खोलेर संयुक्तरुपमा गरेका थिए ।

क्लबका निवर्तमान अध्यक्ष इञ्जिनियर रुद्र मैनाली, प्रमुख अतिथि डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचन र जोन ४३ का असिस्टेण्ट गभर्नर विनोद बस्नेतले सन् २०२४÷२५ का अध्यक्ष डाक्टर आनन्दराज खनाललाई क्लबको चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यवल र गन प्रदान गरी विधिवत रूपमा पद हस्तान्तरण गरेका थिए । त्यसलगत्तै प्रमुख अतिथि डिष्ट्रिक गभर्नर शेरचनले नवनिर्वाचित अध्यक्ष डाक्टर खनाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

सपथग्रहणपश्चात् सन् २०२४÷२५ का अध्यक्ष खनालले मिटिङ कल गरी आफ्नो टिमको परिचय गराउँदैँ भावी योजना प्रस्तुत गरे । अध्यक्ष डाक्टर खनालले आफ्नो कार्यकालका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदैं क्लबका सदस्यहरूलाई रोटरी पिन प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनले नेपालमा सम्भावना र अवसरहरु थुप्रै भएपनि हामीले त्यसलाई सही ठाउँमा प्रयोग गर्न नसकेको बताए । सन् २०२४÷२०२५ मा सदस्य बृद्धिमा जोड दिन सुझाव दिदैं प्रमुख अतिथि शेरचनले कुल सदस्यको २५ प्रतिशत महिला र अत्यधिकरुपमा युवाहरुलाई रोटरीमा समेट्नुपर्नेमा जोड दिए ।

क्लबका पूर्व अध्यक्ष सुजन प्रधानले सञ्चालन गरेको पहिलो सत्रमा सन् २०२३÷२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले आफ्नो कार्यकालमा क्लबले गरेका विविध गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । उनको कार्यकालमा ५० भन्दा बढी रचनात्मक काम भएकोे वार्षिक प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा डिष्ट्रिक कोअर्डिनेटर पीडीजी सञ्जय गिरी, डिष्ट्रिक लर्निङ फेसिलेटर पीडीजी जितेन्द्रबहादुर राजभण्डारी, असिस्टेन्ट रिजनल कोअर्डिनेटर पीडीजी सन्तोषप्रसाद रिजाल, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य, जोन ४३ का असिस्टेन्ट गभर्नर विनोद बस्नेतलगायतले बोलेका थिए ।

प्रेसिडेन्ट इलेक्ट उदयकुमार श्रेष्ठले स्वागत गरेको उद्घाटनसत्रमा दोस्रो सत्रको कार्यक्रम सञ्चालन सन् २०२४÷२०२५ का सेक्रेटरी इञ्जिनियर जीवन भट्टराईले गरेका थिए ।सोही अवसरमा शिक्षासेवी तथा श्रष्टा भुवन सुब्बा खरेललाई सम्मान गरिएको थियो । उनको सम्मानपत्र सन् २०२३÷२०२४ का सेक्रेटरी भगिरथ राईले वाचन गरे भने प्रमुख अतिथिलगायतले हस्तान्तरण गरेका थिए । टोस्ट प्रपोजल अध्यक्ष डाक्टर खनाल र प्रेसिडेन्ट इलेक्टमा उदयकुमार श्रेष्ठले संयुक्तरुपमा प्रस्तुत गरेका थिए । क्लबका पूर्व अध्यक्ष राजु महर्जनले सहभागी सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्षमा चिकित्सा र सामाजिक गतिविधिमा सक्रिय डाक्टर आनन्दराज खनाल चयन भएका छन् । हड्डी नशा जोर्नी रोग विशेषज्ञ डाक्टर खनाल धेरै वर्ष अघिदेखि रोटरी क्लब अफ काँकरभिट्टामा सदस्यबाट प्रवेश गरेका थिए । रोटरीमा आवद्घ भएपछि उनको नेतृत्वमा झापा जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् ।

डाक्टर खनाल अध्यक्ष भएलगत्तै इञ्जिनियर रुद्र मैनाली स्वतः इमिडेट पास्ट प्रेसिडेन्ट भएका छन् । सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा यसअघि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारिखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष (प्रेसिडेन्ट इलेक्टमा) स्वतः अध्यक्ष (प्रेसिडेन्ट) हुने प्रावधान अनुसार डाक्टर खनाल सन् २०२४÷२५ को अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष डाक्टर खनालका अनुसार क्लबको प्रेसिडेन्ट इलेक्टमा उदयकुमार श्रेष्ठ र प्रेसिडेन्ट नोमिनीमा विजया तामाङलाई चयन गरिएको छ । प्रथम उपाध्यक्षमा कृष्णराज पौडेल, द्वितीय उपाध्यक्षमा युवराज भट्टराई, सेक्रेटरीमा इञ्जिनियर जीवन भट्टराई, ज्वाइन्ट सेक्रेटरी तथा वेभ मास्टरमा नितेशकुमार सिंह राजपुत, ट्रेजररमा कृष्णकान्त (नवराज) खनियाँ र ज्वाइन्ट ट्रेजररमा दुर्गाबहादुर लुईटेल सन् २०२४÷२०२५ का लागि चयन भएका छन् । यसैगरी क्लब मेन्टरमा दिलीप सुवेदी, क्लब ट्रेनर सुजन प्रधान रहेका छन् ।

क्लब सल्लाहकारमा पूर्वअध्यक्षहरु गोपाल तामाङ, राजु महर्जन, राधिका गुरुङ, अशोककुमार श्रेष्ठ, मोहन निरौला, रोहितकुमार बुढाथोकी, मेदनीप्रसाद खरेल, कमल थापा छन् । सदस्यहरुमा गीता आचार्य, शरद खनाल, बसन्त तिवारी, नविन वराल, दिपेन्द्रराज पाण्डे, बालकुमार घिमिरे, बब्लु क्षेत्री, पेमा तामाङ र युवा बैज्ञानिक प्रकाश श्रेष्ठ चयन भएका छन् । क्लब एडमिनिस्ट्रेशन चियरमा भगिरथ राई, मेम्बर सीप कमिटी चियरमा रविचन्द्र नेपाल, पब्लिक इमेज चियरमा लक्ष्मीदेवी खनियाँ, सर्भिस प्रोजेक्ट चियरमा बोधराज निरौला, रोटरी फाउन्डेसन चेयरमा इञ्जिनियर विवेक श्रेष्ठ, ,सरजेन्ट एट आम्र्समा रीता श्रेष्ठ, यूथ सर्भिसमा रविन सुवेदी र टच कमिटी चियरमा बासुदेव कोइराला सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्