झापा,असार २१ । झापाको बिर्तामोडमा हात्तीले एउटा घरमा क्षति पु¥याएको छ । दुई वटा जङ्गली हात्तीले शुक्रबार बिहानको राति करिब २ बजे बिर्तामोड नगरपालिका–७ खालबाडीका स्थानीय टंकबहादुर जोगीको बासको टाटी बेरा टिनको छानो भएको एक तल्ले कच्ची भान्छा घर भत्काएको छ । हात्तीले भान्छाभित्र रहेको धान, चामल, गहुँ, पिठो लगायतका अन्नपात खाँदा करिब एक लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्