झापा,असार २२ । मधेस प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले विश्वासको मत पाएका छन्। मधेस प्रदेशसभाबाट मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले विश्वासको मत पाएको हो।
नेपालको संविधानअनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरूमध्ये कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार शनिबार विश्वासको मत लिएका हुन्।
संघीय गठबन्धनमा नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाउन सहमतिपछि मन्त्रिमण्डल हेरफेर गरेर मुख्यमन्त्री सिंहले विश्वासको मत लिएका थिए।
मुख्यमन्त्री सिंहलाई कांग्रेस, एमाले, लोसपा र नागरिक उन्मुक्तिले विश्वासको मत दिएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्