झापा,असार २२ । पहिरोमा परी स्याङ्जामा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान ८ः२० बजे स्याङ्जाको बिरुवा गाउँपालिका ६ स्याङदी माझकोटमा पहिरो गएको हो । पहिरोले बगाई वर्ष ६५ की गुहेश्वरी शर्मा मरासिनी, बर्ष ७१ का माधब शर्मा र उनकी श्रीमती वर्ष ६७ की हरिमाया शर्माको मृत्यु भएको हो । साँझ ४ः४५ बजे प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा तीनै जनालाई मृत अवस्थामा फेला पारेको जनाइएको छ ।

पहिरोमा परी पाँचजना घाइते भएका छन् । बर्ष ५३ की ईश्वरी लम्साल, बर्ष ५५ का तिर्थ लम्साल, वर्ष ३६ का हरि लम्साल, वर्ष ३१ की चन्द्रा के.सी. र वर्ष ३६ की रेनुका लम्साल घाइते भएका हुन् । गुहेश्वरी शर्मा मरासिनीको एकतले २ कोठे पक्की घरदेखि अन्दाजी १५० मिटर माथिबाट पहिरो आई घर पुरेर पूर्णरुपमा क्षति भएको छ भने सोही ठाउँ बस्ने माधब शर्माको एकतले २ कोठे पक्की घर समेत बगाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्