झापा, असार २२ । नेकपा एमालेनिकट नेपाल राष्ट्रिय वाणिज्य संघ झापाको अध्यक्षमा नारायणप्रसाद चिमरिया निर्वाचित भएका छन् ।


आज बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट चारबर्षे कार्यकालका लागि अध्यक्षमा चिमरिया चुनिएका हुन् ।
त्यस्तै उपाध्यक्षद्वयमा मोहनप्रसाद सुवेदी, रमेश अधिकारी , सचिवमा यामनाथ बिमली, कोषाध्यक्षमा मिनाल तिम्सिना, सह–सचिवमा कृष्ण तिवारी निर्वाचित भएका छन् ।सदस्यहरुमा भुवन कार्की, निर्मला खरेल ओडारी र सुशिला कटुवाल चयन भएका छन् ।

नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष केदार लामिछानेको प्रमुख आतिथ्य तथा संघका झापा अध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय सचिव भिष्मराज खरेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय सदस्य कुलप्रसाद खरेल, नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी, उपाध्यक्ष शिव ढुङ्गेललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा एमालेका बिर्तामोड अध्यक्ष सुवास भट्टराई, एमाले कार्यालय सचिव छबिलाल विक, उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य रिङकुमार आचार्यलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि भिष्मराज खरेलले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्