झापा, असार २३ । झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ ।

आज बिहान ८ बजे कचनकवल गाउँपलिका वडा नं ६ मुस्लिम बस्तीमा सडक नजिकमा रहेको बिद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एउटा गोरु मरेको हो । सोही ठाउँ बस्ने लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

एउटा गोरुलाई करेन्ट लागेर घटनास्थलमै मरेको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्