झापा, असार २३ । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ४८ वटा ढोका खोलिएको छ ।

आज बिहान कोशी ब्यारेजमा ३ लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्