झापा,असार २३ । वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । २०८० सालमा मात्रै एक लाख १४ हजार ४२२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार २०८० वैशाखदेखि चैत महिनासम्म उक्त संख्यामा एनओसी जारी भएका थिए ।

त्यसरी विदेश पढ्न जानेमध्ये धेरै जसो जापानी भाषा पढ्न जापान पुगेको देखिन्छ । त्यस्तै बिजशेन स्टडी, म्यानेजमेन्ट, इन्जिनियरिङ, हेल्थ, इन्फर्मेशन टेक्नोलोजी, साइन्स, हस्पिटालिटी, कम्प्युटर साइन्स, आर्टस्, साइन्स एण्ड टेक्नोलोजी लगातयका विषय पढ्न बढी विद्यार्थीहरू विदेश जाने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जबकि यिनै विषयको पठनपाठन हुने कलेज तथा शिक्षण संस्थाहरू नेपालमा समेत बढी छन् । जहाँ विद्यार्थीहरूको चाप समेत बढी छ । त्यही विषयको अध्ययनका लागि विद्यार्थीहरू बाहिर जाने गरेको देखिएको हो ।

शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्यांक अनुसार २०८० सालमा जापानी भाषा अध्ययनका लागि ३३ हजार १६१ विद्यार्थीले एनओसीले लिएका छन् । जापानमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीलाई सबैभन्दा पहिला जापानी भाषा पढ्नुपर्ने जापानको प्रावधान छ । निश्चित समय जापानी भाषा पढेपछि मात्रै थप अध्ययनका लागि अनुमति पाइन्छ ।
दोस्रो नम्बरमा रहेको म्यानेजमेन्ट पढ्नका लागि जाने गरेको देखिएको छ । म्यानेजमेन्ट पढ्नका लागि २०८० मा २८ हजार ६९१ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै बिजनेश स्टडीका लागि ११,३१५, इन्फरमेशन टेक्नोलोजी ६,८०३, साइन्स ४,८७१, हेल्थ ४,७५४, कम्प्युटर साइन्स ४,२८३, इन्जिनियरिङ ४२७२, साइन्स एण्ड टेक्नोलोजी ४१५८, हस्पिटालिटीका लागि ३०१६ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्